Section 2
परिषद्को स्थापना र व्यवस्था
२.१ परिषद्को स्थापना :
आयुर्वेद चिकित्सा प्रणालीलाई सुचारू रूपले संचालन गर्न आयुर्वेदिक औषधिको उत्पादन र प्रयोग गर्ने पद्धतिलाई विकास गर्न तथा चिकित्सकहरूको नाम दर्ता गर्नको लागि आयुर्वेद चिकित्सा परिषद्स्थापना गरिएको छ ।
२.२ परिषद् स्वशासित संस्था हुने :
२.२.१ परिषद्अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था हुनेछ ।
२.२.२ परिषद्को सबै काम कारबाहीको निमित आफनो एउटा छुट्टै छाप हुनेछ ।
२.२.३ परिषद्ले व्यक्ति सरह चल अचल सम्पति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न वा अन्य किसिमले बन्दोबस्त गर्न सक्नेछ ।
२.२.४ परिषद्ले व्यक्ति सरह नालिस उजुर गर्न र परिषद्उपर पनि सोही नामबाट नालिस उजुर लाग्ने सक्नेछ ।
 
२.३ परिषद्को गठन :
२.३.१ दफा २.१ बमोजिम स्थापना भएको परिषद्मा देहायका सदस्यहरु रहनेछन्ः–
२.३.१.१ नेपाल सरकारबाट मनोनीत चिकित्सक – अध्यक्ष
२.३.१.२ चिकित्सकहरु मध्येबाट नेपाल सरकारले मनोनीत गरेका चिकित्सकहरु तीनजना – सदस्य
२.३.१.३ निर्देशक, आयुर्वेद विभाग – सदस्य
२.३.१.४ दर्तावाला चिकित्सकहरुले आफू मध्येबाट तोकिए बमोजिम निर्वाचन गरेका चिकित्सकहरु तीनजना – सदस्य
२.३.१.५आयुर्वेद क्याम्पसका प्राचार्यहरु मध्येबाट नेपाल सरकारले मनोनीत गरेको प्राचार्य एकजना – सदस्य
२.३.२ नेपाल सरकारले आवश्यक ठानेमा परिषद्को परामर्श लिई नेपाल राजपत्रमा सूचना प्रकाशित गरी परिषद्का सदस्यहरु थपघट वा हेरफेर गर्न सक्नेछ ।
२.३.२क उपदफा २.३.१.२ बमोजिम सदस्यहरुको मनोनयन गर्दा उपदफा ४.२.१.१, ४.२.१.२ र ४.२.१.३ बमोजिमको योग्यता प्राप्त चिकित्सकहरु मध्येबाट गर्नु पर्नेछ ।
२.३.२ख उपदफा २.३.१.४ बमोजिमका सदस्यहरु निर्वाचित भई नआएसम्मको लागि नेपाल सरकारले चिकित्सकहरु मध्येबाट तीनजना सदस्यको मनोनयन गर्नेछ ।
२.३.२ग उपदफा २.३.१.५ बमोजिम प्राचार्यहरु मध्येबाट सदस्य मनोनयन गर्दा दर्तावाला चिकित्सकहरु मध्येबाट गर्नु पर्नेछ ।
२.३.३ परिषद्ले आवश्यक देखेमा नेपाल सरकारको कुनै अधिकृत वा अन्य कुनै विशेक्षज्ञलाई पर्यवेक्षकको रुपमा परिषद्को बैठकमा उपस्थित हुन आमन्त्रण गर्न
सक्नेछ ।
२.३.४ परिषद्का सदस्यहरुको पदावधि चार वक्र्षको हुनेछ । पदावधि समाप्त भएपछि निजहरु पुन मनोनीत वा निर्वाचित हुन सक्नेछन्।
२.३.५ पदावधि समाप्त नहुँदै कुनै सदस्यको पद रिक्त हुन आएमा बाँकी अवधिका लागि अर्को सदस्य मनोनीत वा निर्वाचित हुनेछ ।
२.३.६ ………………..
 
२.४ परिषद्को काम, कर्तव्य, र अधिकार :
२.४.१ परिषद्को काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :–
२.४.१.१ आयुर्वेद चिकित्सा प्रणालीबाट रोगको उपचार गर्ने व्यवस्थालाई सुदृढ गरी  आयुर्वेद चिकित्सालाई सुचारु रुपले संचालन गर्न आवश्यक व्यवस्था गर्ने ।
२.४.१.२ आयुर्वेदिक औषधिहरुको प्रयोग गर्ने पद्धतिलाई विकसित गर्न आवश्यक व्यवस्था गर्ने ।
२.४.१.३ चिकित्सकहरुको योग्यता निर्धारण गरी योग्यता पुगेका चिकित्सकहरुको नाम दर्ता गर्ने व्यवस्था गर्ने ।
२.४.१.४ आयुर्वेदिक औषधिहरुको उत्पादन तथा बिक्री, वितरण गर्ने सम्बन्धमा नेपाल सरकारलाई परामर्श दिने ।
२.४.१.५ आयुर्वेद अनुसन्धान सम्बन्धमा आवश्यक व्यवस्था गर्न नेपाल सरकारलाई सुझाव दिने ।
२.४.१.६ आयुर्वेद शिक्षाको स्तर सम्बन्धमा सम्बन्धित निकायलाई सुझाव दिने ।
२.४.१.७ आयुर्वेद सम्बन्धी विषयहरु अध्ययन अध्यापन गराउने तथा तालिम दिने
दिलाउने, नेपालमा स्थापना भएका शिक्षण संस्था तथा त्यस्तै उद्देश्यले स्थापना भएका अन्य संस्थाहरुलाई तोकिए बमोजिम मान्यता दिने । २.४.१.८ आयुर्वेद सम्बन्धी विषयहरु अध्ययन अध्यापन गराउने तथा तालिम दिन दिलाउन नेपमा स्थापना भएका शिक्षण संस्था तथा त्यस्तो उद्देश्यले स्थापना भएका अन्य संस्थाहरुको पाठ्यक्रम, भर्नाका शर्तहरु तथा परीक्षा प्रणाली सम्बन्धी नीति र अन्य आवश्यक न्यूनतम पूर्वाधारहरु निर्धारण गरी तत्सम्बन्धी कुराहरुको मूल्याङ्कन र पुनरावलोकन गर्ने ।
२.४.१.९ आयुर्वेद तथा आधुनिक चिकित्सा एवं सर्जरी र चिकित्सा सहायक विषयमा प्रदान गरिएका शैक्षिक योग्यता तथा उपाधिहरुलाई तोकिए बमोजिम मान्यता दिने ।
२.४.१.१० आयुर्वेद चिकित्सा व्यवसाय सुचारु रुपले सन्चालन गर्न आवश्यक नीति निर्धारण गर्ने ।
२.४.१.११ चिकित्सकहरुको तोकिए बमोजिमको आचार संहिता तयार गर्ने र त्यस्ता आचार संहिता उल्लघंन गर्ने चिकित्सक उपर तोकिए बमोजिम कारबाही
गरी दर्ता किताबबाट नाम हटाउने ।
 
२.५ सदस्यको निमित्त अयोग्यता :
२.५.१ देहायको कुनै व्यक्ति परिषद्को सदस्यमा निर्वाचित हुन, मनोनीत हुन वा बहाल रहन अयोग्य मानिनेछ :–
२.५.१.१ दर्ता किताबबाट नाम हटाइएको,
२.५.१.२ गैर नेपाली नागरिक,
२.५.१.३ साहुको ऋण तिर्न नसकी दामासाहीमा परेको,
२.५.१.४ नैतिक पतन देखिने फौज्दारी अभियोगमा अदालतबाट कसूरदार ठहरी सजाय पाएको, वा
२.५.१.५ मगज विग्रेको ।
 
२.६ सदस्यता समाप्त हुने अवस्था :
२.६.१ देहायको अवस्थामा परिषद्को सदस्यता समाप्त भएको मानिनेछ :–
२.६.१.१ दफा २.५ बमोजिम सदस्य रहन अयोग्य भएमा,
२.६.१.२ सदस्यको पदबाट दिएको राजीनामा स्वीकृत भएमा,
२.६.१.३ मृत्यु भएमा, वा
२.६.१.४ परिषद्लाई कारण सहितको सूचना नदिई लगातार तीन पटकभन्दा बढी परिषद्को बैठकमा अनुपस्थित भएमा ।
 
२.७ परिषद्को बैठक र निर्णय :
२.७.१. परिषद्को बैठक अध्यक्षले तोकेबमोजिम बस्नेछ ।
२.७.२ परिषद्को बैठक साधारणतया वर्षको तीन पटक बस्नेछ र अध्यक्षले आवश्यक देखेमा बढी पटक पनि बैठक बोलाउन सक्नेछ ।
२.७.३ परिषद्को बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा सदस्यहरुले आफूमध्येबाट छानेको व्यक्तिले बैठकको अध्यक्षता गर्नेछ ।
२.७.४ परिषद्को कुल सदस्य संख्याको पचास प्रतिशत सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
२.७.५ परिषद्को बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णयात्मक मत दिन पाउनेछ ।
२.७.६ परिषद्को निर्णय रजिष्ट्रारद्वारा प्रमाणित गरिनेछ ।
२.७.७ सदस्यहरुले बैठकमा भाग लिंदा पाउने भत्ता तथा अन्य सुविधाहरु तोकिएबमोजिम हुनेछ ।
२.७.८ परिषद्को बैठकमा अपनाईने अन्य कार्यविधि परिषद्आफैले निर्धारण गर्न सक्नेछ ।
 
२.८ अधिकार प्रत्यायोजन :
परिषद्ले आफनो अधिकार आवश्यकतानुसार अध्यक्ष, सदस्य वा तोकिएबमोजिम सदस्यहरुको समिति वा उप–समितिलाई प्रत्यायोजन गर्न सक्नेछ ।
 
२.९ काम कारवाई बदर नहुने :
कुनै सदस्यको नियुक्तिको सम्बन्धमा यस ऐन अन्तर्गतको कुनै व्यवस्थाको पालन भएको छैन भन्ने कुरा पछि पत्ता लागेमा सो पत्ता लाग्नु भन्दा अगावै त्यस्तो सदस्यले गरेको काम कारबाही सो कुराले मात्र बदर हुने छैन ।